DURGA PUJA 2023

नेपाली कम्युनिटी सेण्टरको जग्गामा भगवानको दूर्गा माताको स–भक्तीसाथ दुर्गा पूजा सम्पन्न भयो । पूजामा सकृय सहयोगीहरुकै कारण धेरैले भगवानाको आरधना गर्ने अवसर पाउनुभयो । यसको लागि सहभागी भक्तजन, आयोजक भएर व्यवस्थापन गर्नु हुने महानुभावहरु, पूजा चलाईदिनु हुने गुरु पुरोहितहरु सबै प्रति आभार प्रकट गर्दछौं ।
पुजा पाठ सञ्चालन गरिदिनु भएकोमा गुरु पुरोहितहरु बिष्णु प्रसाद शर्मा, सिपी अर्याल राधे राधे, रामबाबु लुईटेल, पद्म प्रसाद नेपाल, मधुशुदन खनाल, बासु घिमिरे, राम सुवेदी प्रति आभार प्रकट गर्दछौं ।
पूजा सञ्चालनको जिम्मेवारी लिएर नियमित कर्ताका रुपमा सहयोग गर्नु हुने पशुपती कँडेलको भक्तिभाव प्रशंशनीय छ । भाउजु उमादेवी कँडेलको सहयोग र भक्तीभावका लागि आभारी छौं । दाजु परशुराम कँडेलले पूजापछी दनभर मन्दीरमै रहेर गर्नु भएको भक्तिसाधना उल्लेखनीय छ । कर्ताका रुपमा पूजामा सहभागी हुनु हुने तथा पूजा सामाग्रिको व्यवस्थापनमा योगदान दिनु हुने ध्रुव दाहाल एवं मन्दीर पुनः निर्माणमा सहयोग गर्नुहुने ध्रुव बस्याल, सागर पौडेललाई पनि धन्यवाद छ । आमाको अस्वस्थताका बाबजुद ममता गौतमको सकृयता र सहभागिताप्रति आभारी छौं ।
पूजालाई सफल बनाउन समग्र व्यवस्थापनका साथै प्रसादी तथा आरती संयोजन गर्नु हुने गीता रेग्मीप्रति आभार प्रकट गर्दछौं । उहाँले सकृयता देखाएर धेरैलाई पुजामा तथा प्रसादीमा जुटाउनु भएको सहभागिता तथा सकृयता उत्साहपुर्ण थियो । सँगै अप्सरा पोखरेल पाण्डे पनि धन्यवादका पात्र हुनुहुन्छ ।
भजन किर्तनमा सहयोगी मात्र नभएर आफ्नै कार्य ठानेर भजनमार्फत भक्तहरुको मन जित्न सफल निरन संगीतको योगदान अतुलनीय छ । भजनमै योगदान दिनुहुने रिजाल बुवा आमाप्रति पनि आभारी छौं । प्रसादी तथा कन्या पूजनको संयोजनका लागि बिजया सुवेदीप्रति पनि आभारी छौं । कन्या सहभागी गराउनु अभिभावकहरू प्रती आभारी छौं । क्रियटिभ नेपाल युथ अर्गनाईजेशनका अध्यक्ष कमल श्रेष्ठ र एनआरएन क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बरालको सहयोप्रति धन्यवाद छ ।
त्यस्तै प्रसादी ल्याएर सहयोग गर्नुहुने दीपा भट्ट, गीता रेग्मी, सिर्जना पाण्डे, सुनिता सापकोटा, कबिता थापा, लुना पौडेल, सरु शिवाकोटी, बिनिता पौडेल, बीना पौडेल,अप्सरा पाण्डे, अनीता बानियाँ, अम्बिका पाण्डे, गीता पाण्डे, सबिता गौतम, संगीता श्रेष्ठ, रेनु आचार्य, सानु दाहाल, पबित्रा न्यौपाने, एनिस रिजाल, बुनु पाण्डे, अनीता बस्नेत, स्वेता तिवारी, लक्ष्मी भाट, शान्ती पोखरेल, तारा चालिसे, मनोहरा थापा, शिला दवाडीलाई सम्पुर्ण भक्तजनहरुको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं ।
निशुल्क साउण्ड सिस्टम प्रदान गर्नु हुने नान्सका सह-कोयाद्यक्ष कृष्ण महर्जन, बिधुत जडानमा सहयोग गर्नुहुने सबिन गैरेप्रती पनि आभारी छौं ।
यो कार्यमा सहयोग गर्नुहुने नान्सका पदाधिकारी तथा शुभेच्छक सबैको सहयोगका लागि पनि धन्यवाद छ ।
Please follow our Facebook profile for more info and activities held during Durga Puja.