यही नोभेम्बर २७, २८ र २९ तारिखका दिन सान फ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती सेवा शिविर सन्चालन हुन लागेको व्यहोरा सबैलाई अवगत नै छ। यही शिविरबाट पासपोर्ट सुविधाका लागी मात्रै ४०० भन्दा बढी सेवाग्राहीहरुले सेवा लिनका लागी फाराम भरी भेरिफिकेसन गरि सक्नुभएको छ। यदी तपाईंले नोभेम्बर १५ तारिख भित्र फाराम भरी भेरिफिकेसन गराउनु भएको छैन भने यस पटक सान् फ्रान्सिस्को शिविरबाट पासपोर्ट सुविधा लिन सक्नु हुने छैन। एन आर एन ए कार्ड र वारेसनामाका लागी मात्रै वाक् ईन निवेदन स्विकारीनेछ।
यदी फाराम भरि भेरिफिकेसनका लागी नोभेम्बर १५ भित्र पठाईसक्नु भएको छ भने अब तपाईंको ईमेल वा फोन नम्बरमा एपोईन्टमेन्ट बनाउने लिंक पठाईनेछ। प्राप्त लिंकको प्रयोग गरेर यसरी आफुलाई पाएक पर्ने समयमा एपोईन्टमेन्ट बुक गर्न सक्नुहुनेछ।
१ – मिती छनौट गर्नुहोस्।
२ – समय छनौट गर्नुहोस्।
३ – व्यक्तिगत विवरण भर्नुहोस्।
४ – त्यसपछि तपाईंले कन्फर्मेसन ईमेल प्राप्त गर्नुहुनेछ।
एपोईन्टमेन्ट बिना कसैलाई पनि प्रवेश नदिईने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराऊंदछौं। आवश्यक कागजात र अन्य प्रकृयाका बारेमा जानकारीका लागी नेपाल एम्बेसीको वेबसाईट भिजिट गर्नुहोला। थप जानकारी आवश्यक परे स्थानिय आयोजकहरु न्यान्स तथा एन आर एन ए क्यालिफोर्निया च्याप्टर का पदाधिकारी हरुलाई सम्पर्क गर्न सक्नुहुनेछ। साथै कार्यक्रमका लागी केही स्वयं सेवकहरुको समेत आवश्यकता रहेकोले यहां क्लिक गरी रजिस्टर गर्नुहुन अनुरोध गर्दछौं।