Loading Events

« All Events

  • This event has passed.

नेपाली नयाँ वर्ष मेला २०८२ । Nepali New Year Mela 2082

April 13 @ 12:00 pm - 8:00 pm
Free

Call for Participants: Nepali New Year Mela 2082


प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

आउंदै गरेको नेपाली नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना!

सदाझैँ नेपाली नयाँ वर्ष २०८२ को अवसरमा Nepali Association of Northern California (NANC)ले विशेष कार्यक्रम लिएर आउंदै छ। हरेक वर्ष हामीले पार्कमा पिकनिक गर्ने गरेतापनि यसपाली हामी नेपाली समुदायलाई केहि फरक र पृथक शैलीमा मनाउन नेपाली मेला आयोजना गर्दै छौँ ।

📅 मिति: अप्रिल १३, २०२५
📍 स्थान: नेपाली कम्युनिटी सेन्टर, ३६९ चेस्ली एभे, रिचमन्ड, CA ९४८०१
समय: दिउँसो १२ बजे – राति ८ बजे

मेलाको मुख्य आकर्षणहरु
स्वादिष्ट नेपाली परिकार – मोमो, सेलरोटी, चिया, अचार, र धेरै स्वादिष्ट परिकारहरू!
सांस्कृतिक नृत्य तथा लोकगीत – विभिन्न जातजातिका नृत्य प्रस्तुतिहरू!
प्रत्यक्ष संगीत & DJ – रमाइलो गीतसंगीत, नेपाली आधुनिक तथा लोकभाकाहरू!
बजार मेला (स्टलहरू) – नेपाली हस्तकला, गरगहना, वस्त्र, स्थानीय व्यवसायहरूका स्टलहरू!
बालबालिकाहरूका लागि रमाइलो खेल – जम्प हाउस र अन्य मनोरञ्जनात्मक खेलकुद!
शान्तिको लागि योग तथा भजन-कीर्तन

थप जानकारी हामी आउने दिनमा दिदै जाने छौँ ।

 

तपाई आफ्नो परिवार र साथीभाईहरु सहित उपस्थित भएर सबै नेपाली दाजुभाई दिदिबहिनिहरु संगै एकै स्थानमा भेला भई नेपाली नयाँ वर्ष मनाउनको लागि Nepali Association of Northern California (NANC) हार्दिक निमन्त्रणा गर्दछ।

Parking Map

 

If you missed the event in the past, you can revisit it here in the links below.
Nepali New Year 2081 B.S. PICNIC
Nepali New Year BS 2080 Picnic

Details

Organizer

  • Nepali Association of Northern California
  • Phone (510) 520-8484
  • Email hello@nancusa.org
  • View Organizer Website

Venue

Leave a Reply

Your email address will not be published. Required fields are marked *