कम्युनिटी सेन्टरको ३ लाख डलर प्रिन्सिपल पेमेन्टसम्बन्धी विज्ञप्ति

आदरणीय सदस्य, दाता एवं सरोकारवाला
नेपाली एशोसियएसन अफ नर्दन क्यालिफोर्निया,

न्यान्स नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया, न्यान्स क्यालिफोर्नियाको नर्दन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको वृहत हित एवं साझा संकल्पका लागि तीन दशकभन्दा लामो समयदेखि क्रियाशील रहेको संस्था हो।

लामो समयदेखिको हाम्रो साझा सपना आफ्नै कम्युनिटी सेन्टर खरिद गरेर सञ्चालनमा ल्याएको पनि करिव साडे चार महिना पूरा भएको छ। सुरुमा ४५ प्रतिशत डाउन पेमेन्ट गरेर भवन किनिएकोमा यसबीचमा मासिक रुपमा झण्डै १० हजार ५ सय डलर मोर्गेज तिर्दै आएका थियौं। सामुदायिक केन्द्र पेडअफका लागि जुन ७ देखि १५ सम्म ऐतिहासिक धार्मिक महोत्सव सञ्चालन गरेका थियौं।

गत जुन २९ मा सम्पन्न साधारणसबाट निर्वाचित वर्तमान कार्यसमितिको दोस्रो बैठकले धार्मिक महोत्सव तथा विभिन्न अभियानबाट संकलित रकममध्येबाट एकमुष्ठ ३ लाख डलर प्रिन्सिपल तिर्ने निर्णयगरी सोही अनुसार हालै तिरिसकेको जानकारी गराउँछौं। योसँगै हालसम्म कुल मुल्यको ६० प्रतिशत रकम तिरिएको छ। जसले केही हदसम्म भएपनि मासिक किस्तासमेत कम हुनेछ।

यो ऐतिहासिक कदमसँगै वर्तमान कार्यसमितिले प्रत्येक महिना कम्तिमा ५० हजार डलर प्रिन्सिपल तिर्ने निर्णय गरकोसमेत जानकारी गराउँछौ। न्यान्सको वर्तमान कार्यसमितिको ‘मिसन पेडअफ’ अभियानमा सहयोग र साथका लागि पनि हामी सम्पूर्ण दाता एवं शुभेच्छुकसँग हार्दिक आग्रह गर्छौं। विभिन्न चरणमा सेन्टर निर्माणका लागि चन्दा एवं सहयोग घोषणा गर्नुभएका, प्रतिवद्धता गरेअनुसारको रकम दिन बाँकी र हालसम्म कुनै पनि सहयोग गर्न नपाउँनु भएका बेएरियावासी सम्पूर्ण नेपालीमा यसै विज्ञप्तिमार्फत् सहयोगका लागि पुनः आग्रहसमेत गर्छौ। प्रतिवद्धता रकम उठाउने र नयाँ चन्दा संकलन अभियानका लागि छिट्टै विभिन्न कार्यक्रम लिएर आउने जानकारी समेत गराउँछौ।

दीपक दाहाल
महासचिव न्यान्स
जुलाई २२, २०२५