महाशिवरात्रिको पावन अवसरमा नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) द्वारा आयोजित विशेष धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भगवान शिवको विशेष पूजाअर्चना तथा रुद्राभिषेक बिहानैबाट सुरु भई, दिनभरि भक्तजनहरूको उपस्थितिमा शिव भजन तथा शिवधुनीजागरण सहित शिवरात्रि पर्व उल्लासमय रूपमा मनाइयो। कार्यक्रममा सयौं श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो। न्यान्स को अगुवाइमा समुदाय एकजुट भई पूजाको सम्पूर्ण तयारी एवं व्यवस्थापन गरियो। …
महाशिवरात्री विशेष रुद्राभिषेक पूजा
