प्रस्तुत बिषयमा नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) द्वारा आगामी महिना जुन ७ देखि १५, सम्म हाम्रो आफ्नै नेपाली सामुदायिक भवनमा ९ दिन सम्म हुने धार्मिक महोत्सव श्रीमद्धदेवी भागवत नवाह ज्ञान महायज्ञ तथा बुद्ध शान्ति महा पुजा सम्पन्न गराउनको लागी सन मे १, २०२५ मा बसेको नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया कार्य समितीले बर्तमान नान्स कार्य समितीका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण सल्लाहकारहरु, पुर्व नान्स कार्य समितीका सदस्यहरु र हाल सम्मका सामुदायिक केन्द्रका चन्दा दाताहरु सदस्य रहने गरी यसै संस्थाका पुर्व अध्यक्ष्य श्री घन प्रसाद दवाडी ज्यु संयोजक र पशुपति कँडेल, नारायन पोख्रेल, ल्हाक्पा शेर्पा, भिम थापा, केपी ढकाल, मुकुन्द दवाडी तथा श्रीमति बिष्णु घले सहित ७ जना सह संयोजक रहने गरी एक बृहद मुल धार्मिक समारोह आयोजक समिती गठन गरिएको जानकारी गराईन्छ।
आजै को मिती देखी यसै मुल समितीलाइ आवस्यकता अनुरुप अन्य सह समितीहरु गठन गरी यस बृहत धार्मिक महोत्सव सफल गराउन सम्पुर्ण आबस्यक तयारी र ब्यबस्थापन गर्न अधिकार प्रत्यायोजन गरीएको छ। हामी यो महान कार्यक्रम लाइ सफल बनाउन दिलोज्यान दिएर लाग्नु हुने सम्पुर्ण अग्रज समाजिक अभियन्ता साथिहरु लाइ अग्रिम बधाइ तथा शुभकामना ब्यक्त गर्न चाहान्छौ ।
यज्ञ नेपाल
महासचिव
नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स)