नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) को सदस्यता सम्बन्धी सूचना

नेपाली समुदायको सबैभन्दा पुरानो संस्था हो नान्स । संस्थालाई जिवन्त राख्न नियमित प्रकृयाहरु निरन्तर छन् । संस्थाको मुख्य आधार भनेकै सदस्यता हो । संस्था सदैब सदस्यहरुप्रति उत्तरदायी हुन्छ । सदस्यता प्रकृया सॅधै खुला रहिआएकोमा आगामी जुन २९ मा हुने साधरण सभामा सहभागी हुनको लागि मे ३१ सम्ममा सदस्य बनिसक्नुपर्ने ब्यहोरा अनुरोध गरिन्छ ।

साथै नान्सद्वारा खरिद गरिएको नेपाली कम्युनिटी सेण्टरको लागि १०००.०० (डलर) वा सो भन्दा माथी सहयोग गर्नुभएका सबै महानुभावलाई संस्थाको सदस्यता प्रदान गर्ने निर्णय भईसकेको व्यहोरा जानकारी गराउॅदै, ति दाताहरू बाहेक ईच्छुक महानुभावलाई संस्थाको वेबसाईट https://nancusa.org/membership/ मार्फत आवेदन दिन हुन अनुरेध गरिन्छ ।

नोटः आवेदन उपर संस्थाको कार्य समितिले प्रकृया हेरी सदस्यता सम्बन्धी निर्णय गर्नेछ ।

यज्ञ नेपाल
महासचिव, न्यास