सन्फ़्रानसिस्को निवासी नेपाली समुदायद्वारा आयोजित एक भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम श्रीमद्देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा आगामी जुन ७ देखि १५ सम्म नेपाली कम्युनिटी सेन्टर, रिचमण्ड क्यालिफोर्नियामा आयोजना हुने भएको छ।
यस नौं दिने विशेष कार्यक्रममा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संयुक्त सहभागितामा शान्ति, समृद्धि, धर्म–संस्कृति र एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ।
कार्यक्रमको प्रमुख आकर्षणहरूमा:
- पण्डित दिनबन्धु पोखरेलद्वारा श्रीमद्देवीभागवत महापुराणको कथा वाचन
- बौद्ध भिक्षुहरूको सहभागितामा शान्ति पूजा तथा ध्यान कार्यक्रम
- दैनिक रुद्राभिषेक, दुर्गा सप्तशती पाठ, विष्णु सहस्रनाम जप, हवन, भजन–कीर्तन
- लक्ष्य बत्ती प्रज्वलन, स्वस्तिवाचन, आरती, र महाप्रसाद वितरण
- विशेष: उपनयन संस्कार तथा सामूहिक पितृ तर्पण कार्यक्रम
यस धार्मिक अनुष्ठानको आयोजना सु – संम्पन्न गर्नको लागि स्थानिय समाजसेवी घन प्रसाद दवाडीको नेतृत्वमा ५१ सदस्यीय मूल आयोजक समिति, वे एरियाको सबै क्षेत्रको प्रतिनिधित्व गर्ने १५ टोल समिति, २१ सदस्यीय सल्लाकार समिति गठन गरियको छ।
कार्यक्रम व्यवस्थापन, आर्थिक कृयाकलाप, पाहुना तथा भक्तालुहरुको सेवा र स्वयंसेवक परिचालन गर्न ४ जना सह-संयोजक बिष्णु घले, नारायण पोख्रेल, मुकुन्द दवाडी, पशुपति कंडेललाई जिम्मेवारी तोकिएको छ । आयोजक समितिको सम्पूर्ण जानकारी वेब https://nancusa.org/dharma/team/ मा हेर्न सक्नुहुने छ।
यदि तपाईपनि आयोजक समितिमा जोडिएर सामाजिक तथा धार्मिक अनुष्ठानमा सहयोग गर्न चाहनुहुन्छ भने कृपया मूल आयोजक समितिलाई सम्पर्क गर्नुहोला।
स्थान:
Nepali Community Center
369 Chesley Ave, Richmond, California, USA
मिति:
जुन ७ (शुक्रबार) देखि जुन १५ (शनिबार), २०२५
सहभागी हुन र सहयोग गर्न इच्छुक सबै श्रद्धालुहरूलाई आयोजक समितिले समयमै सम्पर्क गर्न हार्दिक अनुरोध गरेको छ।