कम्युनिटी सेन्टरमा नेपाली भाषा कक्षा सुरु

नेपाली भाषा तथा संस्कृतिको संरक्षणमा क्रियाशील संस्था क्रियटिभ नेपाल युथ अर्गनाइजेशन (CNYO) ले विगत १४ वर्षदेखि नेपाली बालबालिकाहरूका लागि भाषा कक्षा सञ्चालन गर्दै आइरहेको छ। हालसम्म सो कक्षा अल्बानीस्थित सिनियर सिटिजन्स सेण्टरमा भाडामा सञ्चालन हुँदै आएको थियो। आज मिति मे ४ २०२५ देखि NANC को सामुदायिक भवनमा स्थानान्तरण गरि कक्षा संचालनमा आएको छ।

कक्षा प्रत्येक महिनाको दुईवटा आइतवार, बिहान १०:०० देखि १२:०० बजे सम्म सञ्चालन हुनेछ।