आदरणीय पत्रकार साथीहरु एवं वेएरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेपाली नयाँ २०८२को हार्दिक मंगलमय शुभकामना।
नेपाली नयाँ वर्षको अवसर पारेर योपटक क्यालिफोर्निया सान फन्सिस्को बेएरिया क्षेत्रमा ‘प्रथम नयाँ वर्ष मेला २०८२’ आयोजना गरिएको जानकारी गराउन चाहन्छौ।
ठूलो संख्यामा नेपालीको बसोबास रहेको यो क्षेत्रमा नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षणसँगै नेपालीका स्वामित्वका व्यवसाय र नेपालीमुलका व्यवसायीको प्रवर्धन गर्ने उद्देश्यले यस्तो मेला गर्न लागिएको हो।
मेला यसक्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघ संस्थासँगको समन्वयमा नेपाली एशोसियन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)ले गर्न लागेको हो। मेलाका विषयलाई समुदायका विभिन्न उमेर समूहका व्यक्ति र तप्काले देखाउनुभएको चासोले हामीलाई निकै उत्शाही बनाएको छ। मेलामा सबै उमेर समूहका लागि लक्षित विभिन्न आकर्षण छन्।
पत्रकार बन्धुहरु!
अघिल्ला वर्षहरुमा न्यान्सले भेटघाट र मनोरञ्जनका हिसाबले पिकनिक गर्दै आएको अवगत नै छ। यसवर्ष यसक्षेत्रमा आफ्नै सामुदायिक भवन खरिद गरिसकेको परिप्रेक्षमा नयाँ वर्षलाई नयाँ ढंगले मनाउँन हामीले यो प्रयात्नमा गरेका हौं।
आगामी आइतबार अर्थात अप्रिल १३ हुने मेलाका लागि हाम्रो तर्फबाट सम्पूर्ण तयारी पुरा भइसकेको छ। मध्यान्ह १२ देखि राती ८ बजेसम्म मेला चल्नेछ।
हामी भुगोलका आधारमा टाढा रहेपनि भावनात्मक रुपमा नेपाली परम्परा, भाषा, संस्कृति र परिकारबाट टाढा रहन सक्दैनौं। यही सोचमा आधारित भएर मेलामा हामीले विभिन्न खालका गतिविधिमार्फत् अविस्मरणीय प्याकेज पस्किनेगरी विभिन्न कार्यक्रम तय गरका छौ।
जसअन्तर्गत नेपाली पहिचान र परम्परा झल्किने विभिन्न परिकारका ३ फुड ट्रकसहितका कुल ६ वटा फुड स्टल रहनेछ। सेलारोटीदेखि सेकुवासम्म र नेवारी छोइला, ममदेखि बोबा ड्रिङ्ससम्मका स्टल मेलामा रहनेछन् ।
त्यसैगरी नेपाली उत्पादनका पोषाक एवं जुत्ता, नेपाली विभिन्न खाद्य वस्तु, नेपालीले पुर्याउँदै आएका घरजग्गा कारोवार परामर्श सेवा, मनी ट्रान्सफर सेवा, ज्योतिष परामर्शलगायतका २० भन्दा बढी स्टल र बालबालिकाका लागि विभिन्न खेल, डिजे र फोटोग्रफी मेलाका प्रमुख आकर्षण हुनेछन्।
मेला अवधि अर्थात् दिनभर विभिन्न धार्मिक र मौलिक भजन, योगा, नृत्य, गायन तथा साहित्यीक कार्यक्रमसमेत संचालन हुनेछ। मेलामा २५ भन्दा बढी राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुका प्रस्तुति रहनेछन्। अतिथि कलाकारका रुपमा पप गायीका नलीना चित्रकारका विशेष प्रस्तुति रहनेछ। विभिन्न चरणका राफल चिठ्ठासमेत संचालन गरिने विजेताका लागि आकर्षक पुस्कारसमेत राखिएको छ।
मेलामा आउँने फुड ट्रक, खाना तथा अन्य नेपाली बस्तु र उत्पादनका स्टल, प्रस्तुति दिन कलाकार, साहित्यीक प्रस्तुतिसमेत छनौट सार्वजनिक सूचनामार्फत् आह्वान गरिएको थियो।
यो विशेष कार्यक्रम बेएरियामा बसोबास गर्ने सम्पूर्ण व्यक्ति र संघसंस्थाबीच हातेमालोबाट मात्रै सफल र भव्य बन्नेछ। यसका लागि पत्रकारमार्फत हामी आम बेएरियावासी नेपालीहरुमा मेलामा सहभागी भइदिन हार्दिक आमन्त्रण गर्दछौ।
मेलालाई भव्य, व्यवस्थित र सफल पार्दै नयाँ वर्ष २०८२लाई विशेष स्वागत गर्न सबैसँग आग्रह गछौ।
कार्यक्रमस्थलको सरसफाई, मेलामा उपस्थित जनसमुदायको बसाई एवं लाइन व्यवस्थापनसहितका विविध कामका लागि २ दर्जन भन्दा बढी स्वयमसेवक मेला स्थल र पार्किङस्थलाई तालिम प्राप्त सुरक्षा गार्डबाट सुरक्षाप्रदान गरिनेछ।
सार्वजनिक यातायात वाट वा बसबाट वरपरका स्टेसनसम्म आइपुगेका आगन्तुकलाई कार्यक्रमस्थलसम्म आउँन आश्यकताको आधारमा गाडी सुविधासमेत दिनसक्नेगरी हामीले तयारी गरेका छौ।
सामुदायिक भवन खरिद अभियानमा टेवा पुराउँन छुट्नु भएका वा अभियानमा यसअघि नै सहयोग गरेर पनि त्यसलाई बढाउन चाहाने दाताहरुलाई लक्षित गरेर बेग्लै सहयोग संकलन काउन्टरसमेत राखिने जानकारी गराउँछौ। नेपाली नयाँ वर्षलाई कम्युनिटी सेन्टर र समुदायका हितमा दान गरेर सुरुवात गर्न चाहनेहरुलाई लागि दिनभरै सहयोग हस्तान्तरण र सम्मानको कार्यक्रम गरिनेछ।
आदरणीय बे एरियाबासी बाआमा, दाजुभाई, दिदीबहिनीहरु
माइलौ टाढाको कर्मभुमीमा बसेर पनि नेपाली संस्कृति, परम्परा, पोषाक र परिकारसँग हामी नजिक छौ। यस्ता कुरामा हाम्रा सन्ततीको पनि उत्तिकै भावनात्मक प्रेम रहोस् भन्ने सबैको चाहना हुन्छ। हाम्रा सन्ततीलाई हाम्रो पहिचान देखाउने, मौलिकता सिकाउँने र नेपालीत्वसँग साक्षातकार गराउँने यो भुमीमा यति वृहत अवसर हतपती जुट्दैन।
यो मेलालाई आफु र आफ्ना सन्नतीका लागि पनि विशेष अवसर ठानेर उपस्थित भई आनन्द लिनुहुन सफल बनाउन पत्रकारमार्फत सबैसँग हार्दिक आग्रहसमेत गर्छौ।
प्रितेश कार्की
अध्यक्ष, न्यान्स
०४/१२/२०२५