हार्दिक धन्यवाद – Thank You

गृहप्रवेश समारोहमा उपस्थित महानुभावहरू,
नमस्ते!

नेपाली सामुदायिक भवन (Nepali Community Center) को गृहप्रवेश समारोहमा हाम्रो निम्तो स्वीकार गरेर शनिबार, मार्च ८, २०२५ का दिन उपस्थित भई यो ऐतिहासिक क्षणलाई विशेष बनाइदिनुभएकोमा सम्पूर्ण जनहरुमा Nepali Association of Northern California (NANC) परिवार हार्दिक कृतज्ञता प्रकट गर्द छौँ।

कार्यक्रमलाई सभ्य र अनुसाशित बनाउन अनवरत रुपमा खटिनु भएका स्वयंसेवकहरू, मन्चमा विभिन्न संस्कृतिक प्रस्तुति दिने प्रतिभाशाली कलाकारहरुलाई हामी विशेष धन्यवाद प्रकट गर्न चाहन्छौँ।

विविध नेपाली संस्कृतिको प्रतिनिधित्व गर्दै परम्परागत भेषभूषा र बाजा-गाजा सहित समारोहमा सहभागी भई गृह प्रवेश समारोहको शोभा बढाईदिनुभएकोमा हामी तपाईहरु प्रति आभार छौँ। यो ऐतिहासिक दिन एकै साथ हजुर हरुमाझ हर्षोल्लासमय वातावरणमा मनाउन पाउँदा हामी आफैलाई भाग्यमानी ठानेका छौँ ।

तपाईंहरूको उपस्थितिले यो महत्वपूर्ण दिन अझै विशेष बनायो। यो Community Center हामी सबैको साझा सपना, संस्कृतिको पहिचान, र ऐक्यबद्धताको प्रतिक हो। तपाईंहरूको साथ र समर्थनले यसलाई साकार बनाउन ठूलो प्रेरणा प्रदान गरेको छ। तपाईंहरूको आशीर्वाद, स्नेह, र निरन्तर सहयोगले हामीलाई अझ सशक्त रुपमा सेवा गर्न थप ऊर्जा प्रदान गरेको छ।

भविष्यमा पनि यस सामुदायिक भवनमार्फत विभिन्न कार्यक्रमहरू आयोजना गर्दै जाँदा तपाईंहरूको निरन्तर साथ, सहयोग, र उपस्थिति रहने अपेक्षा गर्दछौं।

पुनः एक पटक, यो ऐतिहासिक अवसरलाई विशेष बनाउनुभएकोमा हामी तपाईंहरूप्रति हृदयदेखि नै आभारी छौं।

कृतज्ञतासहित,
NANC परिवार


Dear Attendees of the Griha Prabesh Event,

Namaste!

The Nepali Association of Northern California (NANC) would like to extend our heartfelt gratitude to each of you for attending and celebrating the Griha Prabesh Ceremony of the First Nepali Community Center in the Bay Area on Saturday, March 8, 2025.

A special thank you to all the incredible volunteers, talented performers, and everyone who arrived in beautiful cultural attire, representing the rich diversity of our heritage. Your presence, along with the vibrant baja gaja (traditional musical instruments), truly showcased the essence of our community, bringing together different traditions in a spirit of unity and celebration. It was a joy to witness such a colorful and lively representation of our culture.

Your participation made this milestone event truly special. This community center represents our shared dreams, culture, and unity, and we are deeply grateful for your support in making this vision a reality. Your encouragement, blessings, and presence inspire us to continue working toward a stronger and more connected community.

We sincerely appreciate the time and effort you took to join us in this celebration. Your involvement added warmth and significance to this occasion, and we hope to see you at future events as we continue to grow and strengthen our Nepali community together.

Once again, thank you for being a part of this historic moment.

With gratitude and warm regards,
NANC Family

 

View in PDF (Nepali)

View in PDF (English)