१५ माघ २०८१ गते शुक्रवार
सर्वप्रथम त नेपाली कम्युनिटी सेण्टर खरिद प्रकृया अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौ र केहि हप्ता भित्रै नेपाली समुदायको आफ्नै नेपाली कम्यूनिटी सेन्टरको सपना साकार हुँदै छ। सहयोग गरेर यो अवस्थामा ल्याई पुर्याउनुहुने सम्पूर्ण दाताहरूप्रती धेरैनै आभारी छौं । तपाइहरुको साथ र सहयोग बिना यो सम्भव थिएन र आउने दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं।
अहिले सम्म करिब ३०० दाताहरु बाट ६ लाख डलर संकलन भएको छ र down payment र closing cost को लागि चाहिने लगभग २ लाख डलर थप अवाश्यक रहेको जानकारी गराउछौँ।
हामीलाई आवास्यक रकम दान, सापटी अथवा व्याज जुनसुकै रुपमा भएपनि संस्थालाई उपलब्ध गराई सहयोग गर्न हजुर हरु सँग हार्दिक अपिल गर्दछौँ ।
आजको कार्यसमितिको निर्णय गरेअनुरूप आवस्यक रकम सहयोग गरि भवन खरिद प्रक्रिया संम्पन्न गर्नुहुने दाता हरुलाई निम्न सम्मान गरिने छ । साथै विना व्याज सापटी उपलब्ध गराइदिने दाताको रकम संस्थाले समयमै फिर्ता गर्नेछ, र व्यक्तिगत रुपमा महासचिव यज्ञ नेपाल जमानी बसेर कानून बमोजिम कागजात गरिने छ ।
- १ लाख डलर सापटी दिनेलाई Honorary Trustee
- २ लाख डलर सापटी दिनेलाई Honorary Patron
सहयोग गर्न चाहानु हुने दाताले फेब्रुअरी ९, २०२५ आईतबार बिहान १० बजेसम्म संस्थाको अध्यक्ष प्रितेश कार्की अथवा अन्य पदाधिकारीलाई सम्पर्क गर्न सक्नुहुने छ ।
यज्ञ नेपाल
महा सचिब
