भानुजयन्ती समारोह समिति-२०१६

गत जुलाई ९, २०१६ का दिन सान फ्रान्सिस्को स्थित सान फ्रान्सिस्को प्रमुख पुस्तकालयको ल्याटिनो हलमा यस संस्थाको आयोजनामा भानुभक्तको २०३औं जन्म जयन्ती नेपाली साहित्य प्रति रुचि राख्ने नेपालीहरु बीच साहित्य बाचनको कार्यक्रम गरिएको थियो। सो कार्यक्रममा १८ बर्ष मुनिका बाल-बालिकाहरुको प्रतियोगितात्मक कबिता रचना र बाचनमा एरिका श्रेष्ठलाई पुरस्कृत गरियो र धेरै उत्तरी क्यालिफोर्नियाबासि नेपालीहरुले आफ्ना जोशिलो, चोटिलो र मार्मिक रचनाहरु बाचन गरि कार्यक्रमलाई सफल बनाई दिनु भएकोमा धन्यबाद।
साथै कार्यक्रमलाई सफल बनाउन ‘भानुजयन्ती समारोह समिति-२०१६’ मा रही सघाउनु हुने, मुल्यांकन टोलीमा रही सघाउनु हुने, साहित्यिक कार्यक्रमको स्वाद लिन पाल्नु हुने सम्पूर्ण सहभागी सबैमा यो संस्था धन्यवादका साथै आगामी दिनहरुमा भव्य रुपमा गरिने कार्यक्रममा सहभागिताको पुन: अपेक्षा गर्दछौं।

अध्यक्ष-तेज राई