“नेपाली सामुदायिक केन्द्र” निर्माणार्थ “नेपाली सामुदायिक केन्द्र समिति” गठन

बिज्ञप्ति

उत्तरी क्यालिफोर्निया राज्यमा बसोबास गर्ने नेपालीहरुको सपना “नेपाली सामुदायिक केन्द्र” निर्माणार्थ “नेपाली सामुदायिक केन्द्र समिति” गठनको लागि NANC को बिधानको धारा (VII)(2) अनुसार द्वारा गत जून २६ ,२०१६ बेलुकी ६:०० बजे 440 Ellis St. San Francisco मा आयोजित कार्यक्रममा विभिन्न संघ- सस्थाहरु,चन्दादाताहरु, महिला ,युवा ,समाजसेवीहरु र कानुनविद सहितको बिशेष समिति गठन गरिएको छ।

नेपाली कम्युनिटी सेन्टर समिती ‘Nepali Community Center Regulation-2016’ अनुसार संचालन हुने र Memorandum of Understanding (MOU) to establish Nepali Community Center (NCC) 2016 को आधारमा संघ-संस्थाको संलग्नता रहने गरि NCC का अध्यक्ष श्री उत्तम कार्किज्युको संयोजकत्वमा हाललाई निम्न अनुसारको ४९ सदस्यीय समिति गठन गरिएको छ।

१. संयोजक – श्री उत्तम कार्की

सदस्यहरु:

२. सुनिल राजकर्णिकार, ३. यम कुँवर, ४. बुद्ध महर्जन, ५. पूर्ण बानियाँ, ६. नुरेन बराल, ७. मणि नेपाली, ८. राज कुमार गुरुङ, ९. घनश्याम राई, १०. मनोहरा थापा बोगटी, ११. लक्ष्मी चौधरी, १२. बिष्णु गुरुङ ‘एकता’, १३. डिल्ली भट्टराई, १४. नारायण खनाल, १५. इश्वर सिटौला, १६. प्रेम लामा, १७. चन्द्रकान्त धिताल, १८. घन दवाडी, १९. यान राई, २०. नेहरुराज गिरि, २१. पार्वती लामा, २२. गीता श्रेष्ठ, २३. लक्ष्मी खरेल, २४. प्रिश्किला प्रधान दाहाल, २५. विष्णु घले, २६. सुजित सिंह, २७. युवराज कार्की प्रिन्स, २८. भरत परियार, २९. राजेश थापा, ३०. ध्रुव बस्याल, ३१. राजेन्द्र जोशी, ३२. हरिहर दाहाल, ३३. दुर्गा दाहाल, ३४. गोविन्द शाही, ३५. कानून व्यवशायी-यज्ञ नेपाल, ३६. कानून व्यवशायी- गोपाल शाह, ३७. बिन्दु सापकोटा, ३८. नान्सका ट्रेजरर – रामबाबु आचार्य, ३९. कैलाश थापा, ४०. सुरेन्द्र मल्ल, ४१. रबिन्द्र राई, ४२. नारायण पोखरेल, ४३. देव राई, ४४. प्रितेस कार्की, ४५. सर्बग्य वाग्ले, ४६. कुमार दोङ्ग, ४७. कृष्ण राज गिरि, ४८. पुनम शाक्य र ४९. एनएएनसी बाट एक जना महिला निर्णय गरि आउने गरि।

यसरी गठन गरिएको नेपाली सामुदायिक केन्द्र समितिमा समाजका बिभिन्न पक्षको सहभागिता गराइएको छ यसलाई अझ बढि समाबेश गर्न यसै समितिको निर्णय अनुसार थप बिस्तार गरि पूर्णता दिईने छ। यसबाट लामो समयदेखि हामी उत्तरी क्यालिफोर्नियाबासी नेपालीहरुले कल्पना गर्दै आएको सामुदायिक भवनको निर्माणमा सकारात्मक सोच र कार्यको शुरुवात भएको छ। यस महान कार्यमा आ-आफ्नो स्थानबाट सहयोग पुर्याउनु हुने संघ सस्थाहरु लगायत व्यक्तित्वहरुलाई धन्यबाद दिन चाहन्छौ।

उक्त कार्यक्रमको बेला सामुदायिक केन्द्रको निर्माणका लागि दिल खोलेर आर्थिक सहयोग गर्नु हुने श्री भोज कुमार दोङ्ग (१,००१ डलर), श्री गोविन्द शाही (१,००० डलर), श्री अनिल पाण्डे (१,००० डलर), श्री ध्रुव बस्याल (१,१११. ११ डलर) र श्री इश्वर सिटौला (१००१ डलर) को चेक प्रदान र श्री कृष्णराज गिरी (१००१ अन लाइन) दानबिरहरुलाई हार्दिक धन्यबाद टक्र्याउछौ; साथै यस परियोजनालाइ द्रुत गतिमा अगाडि बढाउन यस क्षेत्रमा बसोबास गर्ने हामी नेपालीहरुको सपना; सामुदायिक केन्द्रको निर्माणमा हरेक नेपालीहरुले मन खोलेर सहयोग गर्नु हुनेछ भन्ने आशा गरेका छौ।

यस्तै बिष्णु गुरुङ ‘एकता’-१,००० डलर, सुनिल राजकर्णिकार-१,००० डलर (५ दिनको तलब), राज कुमार गुरुङ -३,००० डलर ( दुई हप्ताको कमाई), मनोहरा थापा बोगटी – १,००० डलर (छोरी द्रिश्या बोगटीको नाममा), हरिहर दाहाल – १,१११ डलर, भरत परियार – १,००१ डलर, नुरेन बराल – १,००१ डलर र डिल्ली भट्टराई – १,१११ डलरको बचनबद्दता गर्नु भएकोमा पनि धन्यवाद।

अन्तमा, यस शुभकार्यमा बिभिन्न क्षेत्रबाट सहयोग र सल्लाह दिनु हुने शुभचिन्तकहरु, आजको दिन सम्म चन्दा संकलनमा सहयोग गर्ने कार्यसमिति तथा सल्लाहकारज्युहरु, समिति गठनको लागि बिभिन्न सुझाव दिंदै उपस्थित हुनु हुने सम्पूर्ण उपस्थित महानुभावहरु, यस बिषयलाई पाठक बिच पुर्याउनु हुने र यो अवस्थाको सिर्जना गर्ने पत्रकारज्युहरु र बिशेष गरि कानुनी सल्लाहकार तथा सम्पूर्ण कागजी प्रकृयामा सहयोग गर्नु हुने श्री यज्ञ नेपाल प्रति आभार प्रकट गर्दछौं।

नेपाली सामुदायिक केन्द्र समिति गठनको कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति गराई यस महान कार्यलाई सम्पन्न गर्न सहयोग गर्नु हुने विभिन्न संघ- सस्थाहरु,चन्दादाताहरु, महिला ,युवा ,समाजसेवीहरु साथै पत्रकार मित्रहरु प्रति NANC हार्दिक कृतज्ञता ब्यक्त गर्दछ

यो ‘नेपाली कम्युनिटी सेन्टर समिति’ गठन भई सकेको हुँदा आइन्दा यस कम्युनिटी सेन्टर सम्बन्धि सुचनाहरु ncc@nancusa.org मार्फत आउने समेत जानकारी गराइन्छ।

धन्यबाद !

कैलाश थापा

महासचिव