क्यालिफोर्नियाको बे यरियामा NANC को पिकनिक भव्यताका साथ सम्पन्न

प्रेम “समर्पण ” बे यरिया / कैलिफोर्निया – नेपाली एसोसिएसन अभ नोर्थेर्न कैलिफोर्निया (NANC) को योजनामा 900 Dornan dr., Richmond, CA ९४८०१ मा पिकनिक कार्यक्रम सम्पन्न भयो I बे यरियामा बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था NANC को आयोजनामा बर्सेनि नया वर्षको अवसरमा आयोजना गर्दै आएको नियमित पिकनिक कार्येक्रम बि . सं. २०७३ को नया वर्षको बिशेस अवसरमा आयोजना गरेको थियो I अप्रिल ९ मा गोल्डेनगेट पार्कमा गर्ने भनियको पिकनिक खराब मौसमका कारण अप्रिल २३ मा गरेको हो I बे एरियामा बस्ने झन्डै ६०० भन्दा बढी नेपालीहरुको जमघटमा सम्पन्न उक्त पिकनिकमा सहभागीहरु खुलेर मनोरंजन लिरहेका थिए I

एक आपसमा नया बर्षको शुभ कामना आदान प्रदान गर्दै नेपाली गीत संगीतमा झुमिरहेको प्रस्ट देखिन्थ्यो I नेपालमा भुकम्प जादा सबै नेपाली एक जुट भै सहयोग जुटाएका नेपालीहरु यस पिकनिकमा भने सबै जुटेर कम्मर मर्काई मर्काई नाचिरहेका देखिन्थे I यति भब्य र सभ्य पिकनिक आयोजना गरेकोमा आफु निक्कै खुसि रहेको सहभागी रोजी श्रेष्ठ बताउछिन I पूर्व अधक्ष्य घन दवाडीले NANC ले यति भब्य पिकनिक बेबस्थित रुपमा आयोजना गरि बे यरियामा बस्ने नेपालीहरुको मन जिन सफल भएको आफुले पाएको बताय I

विभिन्न सामुदायिक संस्थाहरुका प्रमुख, समाजसेबी, पत्रकारहरुले शुभ कामना ब्यक्त गरेका थिय I सामुदायिक भबन बनाउने काममा NANC निक्कै अगाडी बढेको र यस काममा सबैको प्रतिबद्दता देख्दा आफु र कार्य समितिका साथीहरु निक्कै जिम्बेबार बन्दै अघि बढेको संस्थाका अधक्ष्य तेज राईले बताउनु भयो I विभिन्न समाजसेबीहरुले सामुदायिक भबन निर्माणका लागि भनि चेक मार्फत सहयोग रकम सोहि कार्येक्रममा बुझाएका थिए I

बिङ्गो, राफल , बल बालिका मैत्री खेलकुदका सामग्री समेतको बेबस्था , स्वस्थ स्वादिलो परिकारको सहभागी सबैले प्रसंसा गरेका थिए I यस पटक महिला स्वस्थ सम्बन्धि , स्वस्थ सुबिधा बे यरियामा रहने नेपालीले कसरि सहज रुपमा पाउन सक्छन भन्ने जानकारी सहितको हेल्प डेस्कको बेबस्था समेत गरेको थियो I आप्रबासी /गैर आप्रबासीको स्वस्थ हितमा कiम गर्दै आयकी अभियानकर्मी अनुपमा चापागाईं आफै उपस्थित भै परामर्श सेवा समेत प्रदान गरेकी थियिन I पिकनिकको अन्तमा, सहयोगी सबै संघ संस्था प्रतिनिधि, प्रायोजक, पत्रकार, सहयोगी, सहभागी सबैलाई NANC अध्यक्ष्यले धन्यबाद दिनु भयो I