नेपाली पारिवारिक कथानक चलचित्र ‘प्रेम गीत’ प्रदर्शन सान फ्रान्सिस्को वे एरियामा

हामीले गत अप्रिल २ तारिखका दिन “सामुदायिक केन्द्रको लागि प्रेम गीत” भन्ने नारा राखेर गरिएको निमन्त्रणालाई स्वीकार गरि आउनु भएर हाम्रो हौसला बढाई दिने दर्शक, टिकट मात्र किनी दिने शुभचिन्तक लगायत हामीलाई स्पोन्सर गरेर सहयोग गर्नु हुने Cuisine of Nepal, San Francisco, The Third Eye Restaurant and Bar Millbrae, Everest Kitchen, Albany र Liberty Tax San Mateo र Liberty Tax San Pablo लाई धन्यवाद टक्र्याउँदछौं।

यस प्रेम गीत देखाउने भन्दै गर्दा यस सिनेमाको टिकट बनाई दिनु हुने शाहस सैंजु र टिकट प्रिण्टिङ्गको जिम्मा लिई दिनु हुने The White Zone का संस्थापक तथा बर्तमान यस संस्थाका सल्लाहकार श्री राजेश थापाज्यु प्रति आभार ब्यक्त गर्दछौं।

प्राबिधिक तर्फ SBabu Production का संचालक श्री सन्दिप बाबु चौधरी, कन्ट्रोल कक्षमा बसेर काम गर्ने सहयोगी स्वयंसेवकहरु सुयस अधिकारी र दिनेश कर्ण सबै जनामा NANC आभारी छ।

Nepali Women’s Global Network (NWGN)ले सिनेमा हेर्न आउनेहरुलाई खाजाको ब्यवस्था गरि दिनु भएको थियो त्यसको पनि केहि अंश यसै अभियानलाई आएको छ। त्यसभित्र समन्वय गर्नु हुने बिष्णु गुरुङ एकताज्युलाई सहभागिताको लागि धन्यवादका साथै आभार ब्यक्त गर्दछौं।

पहिले नै घोषणा गरे मुताविक सम्पुर्ण खर्च कटाएर हुन आएको मुनाफा $१,६१८.०० छ र NWGN ले यस सिनेमा स्थलमा सेलरोटी बिक्रि गरि आएको रकम मध्येबाट पनि $२२२.०० प्रदान गर्नु भएको छ त्यसैले उक्त दिनको चलचित्र प्रदर्शनबाट जम्मा $१,८४०.०० प्राप्त भएको छ ; यसले गर्दा आजको दिन सम्म यस संस्थासंग सामुदायिक केन्द्रको कोषमा निम्न अनुसार रकम भएको जानकारी गराउँदछौं।

कोषमा हस्तान्तरण हुँदै आएको पुरानो रकम – $४६,१३६.३८
०४/०२/२०१६ मा प्रेम गीतबाट आएको मुनाफा रकम – $१,६१८.००
०४/०२/२०१६ मा NWGN CA Chapter ले प्रदान गरेको रकम – $२२२.००
आजको दिनसम्म बैंकखातामा जम्मा भई सकेको रकम – $४७,९७६.३८ भएको जानकारी गराउँदछौं। र कार्यसमितीभित्रबाट संकलन गरि सकिएको (बैंकमा दाखिला गर्न बाँकी) रकम – $६,८८५.११ गरि खुद जम्मा $५४,८६१.४९ जम्मा गर्न सफल भएको जानकारी गराउँदछौं।

सल्लाहकारज्युहरुबाट चेक प्राप्त हुने क्रम सुरु भएको छ।

यस प्रेम गीतलाई यहाँ सम्म ल्याउनमा समन्वय गर्ने मित्र टिका पुनज्यु, साथ दिने गम गुरुङज्यु प्रति आभार ब्यक्त नगरि रहन सकिन्न र अन्तमा यसै कथानक चलचित्रका पात्र तथा जीवन्त अभिनेता सरोज खनालज्यु आफै उपस्थित भएर यो दिनको महत्व बढाई दिनु भएकोमा हामी आभारी हुनका साथै यो मौका दिनु भएकोमा धन्यवाद दिन चाहन्छौं।

धन्यवाद।

महासचिब
कैलाश थापा