उत्तरी क्यालिफोर्नियामै पहिलो पटक २०२ भानु जयन्ती मनाइयो

उत्तरी क्यालिफोर्नियामा आफ्नो कार्य क्षेत्र बनाई आएको नेपालीहरुको पुरानो संस्था ‘नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया (न्यान्स) ले १९ जुलाई,२०१५ आईतवारका दिन अर्बान करीको सभा हलमा पहिलो पटक ‘भानु जयन्ती” मनाइयो । न्यान्सको पहलमा साहित्य प्रति रूची राख्ने व्यक्तित्वहरूलाई समेटनुको साथमा सफल पार्नको लागी संस्थाका कोषाध्यक्ष राम बाबु आचार्यको संयोजकत्वमा सात सदस्यीय भानु जयन्ती समारोह समिति–२०१५” गठन गरिएको थियो। अन्य सदश्यहरुमा क्यालिफोर्नियाका बिभिन्न शहरमा बसोबास गरी नेपाली साहित्यमा कलम चलाउने व्यक्तित्वहरु ध्रुव थापा(बर्क्ली), हरिहर दाहाल(सन्निवेल), सर्बज्ञ वाग्ले(सान पाब्लो), बिष्णु गुरुङ ‘एकता’(रिचमण्ड), बासु ढकाल(उड्ल्याण्ड) र तोया दाहाल(सन्निवेल) सदस्य रहनु भएको थियो।

आदिकवि भानुभक्त आचार्यबाट नेपाली भाषामा दिएको देनलाई स्मरण गर्दै कबिता,मुक्तक , गजल , गीत र भानुभक्तको वारेमा लेखिएको रचना समावेश गरिएको कार्यकमको सभापतित्व नान्सका अध्य्क्ष तेज राईले गर्नु भएको थियो। साहित्य प्रेमी तोया दाहालले संचालन गर्नु भएको उक्त कार्यक्रममा साहित्य प्रेमी हरिहर दाहालबाट कार्यक्रम अबधि भरको लागि आचार संहिता पढेर शुरु भएको कार्यक्रममा समारोह समितिका संयोजक रामबाबु आचार्यबाट स्वागत र डा.टीका लम्सालबाट भानु भक्तको बारेमा जानकारी गराउनु भएको थियो। संगीतकार एबम साहित्यकार मदन दिपविम बस्नेत , साहित्यकार बासु ढकाल र साहित्यकार गीता बजगाई रहनु भएको निर्णायक मण्डलले समाबेश भएको प्रतियोगी रचनाहरुबाट उत्कृष्ठ ३ रचनालाई चयन गर्नु भएको थियो। उत्कृष्ठ प्रतियोगीहरु कृष्णमान श्रेष्ठ ,टीका पुन र दिक्षा बस्नेतलाई उपहार र प्रमाण–पत्र प्रदान गरिएको थियो। प्रतियोगी र अप्रतियोगी गरि २६ रचनाहरु समाबेश भएको उक्त कार्यक्रममा सहभागीहरु रीतादेवी प्रधान, निकी कार्की, प्रमोद अमात्य, निरन्जन वाग्ले, प्रेरणा गुरुङ, ईश्वर सापकोटा, भगिरथ दाहाल, प्रितम श्रेष्ठ, सुरेन्द्र पोखरेल, ध्रुव थापा, पियुष मणि दाहाल, बिष्णु गुरुङ “एकता “, दुर्गा दाहाल, घन प्रसाद दवाडी, उषा काफ्ले, बाबु आचर्य, सर्बज्ञ वाग्ले, हरिहर दाहाल, मणि नेपाली पनेरु, समुन्द्र कार्की र बिजय राउत सबैलाई कार्यक्रममा भाग लिई दिनु भएकोमा सम्मान –पत्र प्रदान गरिएको थियो। दुई घण्टासम्म चलेको कार्यक्रममा संगीतकार एबं साहित्यकार मदन दिपविम बस्नेतले गित गाएर हललाई नै तताउनु भएको थियो। कार्यक्रमको अन्तमा सभापतिबाट उपस्थित भानुभक्त जयन्ती समारोह समिति, मुल्यांकन टिम, सर्जक र सहभागीहरुलाई कार्यक्रम सफल पारि दिनु भएकोमा धन्यबाद दिदैहल दिएर सहोयग गर्नु हुने अर्बान करीलाई धन्यबाद दिदै पुन यस संस्थाको अन्य कार्यकमहरु अगस्ट १६, २०१५मा हुने नेपाल साझ र अगस्ट २२,२०१५मा हुने नेपाली महिला दिदिबहिनीहरुको महान चाड तीजको उपलक्षमा हुने कार्यक्रममासमेत सहभागी भएर सफल बनाई दिन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।