हिमालयन फेयर-२०१६

यहि मे २१ र २२ तारिख बर्कली स्थित “हिमालयन फेयर-२०१६” मा यस संस्थाले सधैं झैं नेपाली खानेकुराको स्टल राखेको थियो; सो स्टलमा आउनु हुने सम्पूर्ण नेपाली तथा बिदेशीहरु प्रति यो संस्था आभार ब्यक्त गर्दछ।

यसबाट आएको सम्पूर्ण नाफा यस सान फ्रान्सिस्को वे एरियामा बन्न जाने नेपाली कम्युनिटी सेण्टरको कोषमा दाखिला गर्ने भनिए अनुसार यस पालीको खुद नाफा $६,२२०.००(छ हजार दुई सय बिस) र थप चन्दादाताहरुबाट $२५३.०० उक्त खातामा जम्मा गरियो। यो समेत गरि २ महिनाभित्र नेपाली कम्युनिटी सेन्टरको कोषमा $६३,३५८.७२ पुगेको छ।

हामीसंग यस भन्दा छुट्टै खाताबाट यस शिर्षकमा खर्च गर्न सम्भावित थप $५० हजार पनि जोड्ने हो भने $१,१३,३५८.७२ हुन आएको पनि जानकारी गराइन्छ।

यस शुभकार्य तयारीको लागि हप्तौं दिन देखि खटिनु हुने मित्रहरु, स्वयंसेवक विजय सुबेदी, जानुका राई, शान्ति थापा राई, डम्बर थापा, दुर्गा सिटौला, गोमा अधिकारी, गोपाल खडगी, टक्सन राई, यान राई, नबिन(बबैन) मैनाली, जि.एस. राई, सरु साँवा राई, सम्प्रदा थापा, संगीता पोख्रेल, इन्दु काफ्ले सिटौला, प्रेम लामा, संध्या पौड्याल, शृजना सत्याल, ज्योत्सना चन्द, शान्ता पाण्डे, ध्रुव काफ्ले, सुजाता राई, बिनिता राई, प्रियन्ता कार्की, उमेश बम्जन, स्नेह लिम्बु र याँगजी शेर्पा लगायत नाम उल्लेख गर्न छुटेका मित्रहरु प्रति पनि बर्तमान कार्य समिती आभार ब्यक्त गर्दै धन्यवाद दिन चाहन्छ।

आगामी दिनहरुमा पनि यहाँहरुको यस संस्थाले पाई रहने छ भन्ने बिश्वासका साथ पुन: सबै सहयोगी आत्मा र हातहरुलाई धन्यवाद।