जानकारीको लागि सूचना

Date: 7 June 2016 | By: nanac-user | with 0 comments

सान फ्रान्सिस्को वे एरियामा सामुदायिक केन्द्र स्थापनाको लागि यस संस्थाले नेपालीहरुको संघ-संस्था, सामुदायिक केन्द्रका चन्दादाता, महिला, युवा तथा दक्ष व्यक्तित्वहरु समावेश गरि यसै संस्थाको विधानको धारा VII (2) अनुसार बिशेष समिति गठन गर्नको लागि हिजो जुन ५, २०१६ आइतबारका दिन ओम मण्डला हल, सान फ्रान्सिस्कोमा आब्हान गरेको भेला यस संस्थाका अध्यक्ष तेज राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित सम्पूर्ण महिला तथा सज्जन बृन्दहरुमा NANC हार्दिक कृतज्ञता ब्यक्त गर्दछ।

यस परियोजना सम्पन्न गर्न सबै पक्षलाई समाबेश गरि अघि बढ्नु पर्ने भएको र समाबेशी भै अघि बढ्ने सहमत हुँदा हुँदै पनि यस्तै उद्देश्यका साथ आइरहेको NCC लाई पनि साथ लिई उक्त परियोजनामा अघि बढ्ने क्रममा केहि प्राबिधिक पक्षहरु स्पष्ट हुन पर्ने हुँदा उक्त प्राबिधिक बिषय मिलाउन दुई हप्ताको समय माग गर्नु भएकोले सोहि अनुसार “आगामी दुई हप्ता (जुन १८, २०१६) भित्रमा मिलाउन समय तोकिएको छ साथै तोकिएको समयमा उक्त बिषयहरु नमिलेमा पछि समावेश गर्ने गरि नान्सले नेपालीहरुको संघ-संस्था, सामुदायिक केन्द्रका चन्दादाता, महिला, युवा तथा दक्ष व्यक्तित्वहरु समावेश गरि उक्त गठन गर्न पर्ने बिशेष समिति गठन गर्ने छ” भन्ने सहमति र निर्णय भएको हुँदा सोहि अनुसार जानकारी गराउन चाहन्छौं।

कम्युनिटी सेन्टरको बिषयमा लेखेको अरुले लेखेको समाचार
http://ehubnepal.com/nanc-को-भेला-सम्पन्न/
http://brtnepal.com/news.php?pid=12308#sthash.HPkUDlQD.YVICR6wm.dpbs
http://ehubnepal.com/नेपाली-कम्युनिटी-सेन्टर-2/

Comments are closed.

Recent News